शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दुई महानगरमा एमालेको फराकिलो अग्रता : भरतपुरमा घट्दैछ रेणुको मत अन्तर

बिहीबार, ११ जेठ २०७४, ०९ : ३५
बिहीबार, ११ जेठ २०७४
जेठ ११, काठमाडौं - वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीन महानगरपालिकामा मतगणना अझै जारी छ । बिहानको मतगणनाको नतिजा अनुसार काठमाडौं महानगरपालिकामा एमाले १४ हजार भन्दा बढीले अग्रतामा छ । पोखरा लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवारको अग्रता १० हजारभन्दा बढी छ । भरतपुरमा रेणु दाहालको मत अन्तर घट्ने क्रममा छ । चितवनको भरतपुर महानगरपालिकामा अब २४ वडाको मत गणना बाँकी छ । १५ वडाको मतगणना सकिएको छ । यस्तो छ पछिल्लो मतपरिणाम : काठमाडौं महानगरपालिका मेयर उम्मेदवार नेकपा एमाले (विद्यासुन्दर शाक्य) ४८०७२ नेपाली कांग्रेस कांग्रेस (राजुराज जोशी) ३३४६८ विवेकशील नेपाली (रञ्जु दर्शना) १७२६४ साझा पार्टी (किशोर थापा) १३२०० माओवादी केन्द्र (सर्वोत्तम डंगोल) ५२८४ उपमेयरउम्मदेवार कांग्रेस (हरिप्रभा श्रेष्ठ) ४३५०६ राप्रपा (राजाराम श्रेष्ठ) २५८८९ साझा (निरुपमा यादव) ८५०९ माओवादी केन्द्र (सुशीला पौडेल) ७१४२ पोखरा लेखनाथ महानगरपालिका मेयर उम्मेदवार नेकपा एमाले (मानबहादुर जिसी) ४६७९४ नेपाली कांग्रेस ९रामजी कुबँर) ३६११७ उपमेयर उम्मेदवार एमाले (मन्जु गुरुङ) ४३८६५ कांग्रेस (सरस्वती गुरुङ) ३४०२३ भरतपुर महानगरपालिका मेयर उम्मेदवार नेकपा एमाले (देवी ज्ञवाली)  ३०६८२ माओवादी–कांग्रेस गठबन्धन (रेणु दाहाल) २८९३३ राप्रपा (बद्री तिमल्सिना) ३७६३ उपमेयर उम्मेदवार नेपाली कांग्रेस (पार्वती शाह) ३२१५९ नेकपा एमाले (दिब्या शर्मा) २७८२९

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप