शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपालमा लगानीको वातावरण बनाउन राजदूतहरुलाई यस्तो आग्रह

बिहीबार, ११ जेठ २०७४, ०८ : ४८
बिहीबार, ११ जेठ २०७४
काठमाडौँ - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनाउन राजदूतहरुलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले बुधबार विभिन्न देशका लागि नेपालबाट सिफारिस भएका राजदूतसँगको भेटघाटमा डा श्रेष्ठले नेपाललाई लगानीको वातावरण निर्माण गर्न आग्रह गरेका हुन् । उहाँले छिमेकी मुलुकले गरिरहेको लोभलाग्दो आर्थिक उन्नतिलाई नेपालमा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्दै “छिमेकी मुलुकले गरिरहेको प्रविधि विकासको अनुसरण गरी त्यसैअनुरुप नेपालले पनि अगाडि बढ्नुपर्छ भन्नुभयो ।” श्रीलङ्काका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेल, बङ्गलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल र म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपालमा लगानीको वातावरण बनाउन आफूहरु लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपालमा पर्यटक भित्र्याउन र यहाँको आर्थिक विकासका लागि आफूहरु कटिबद्ध रहेको धारणा व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप