शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्मचारीले गरे दृष्टिविहीन बालबालिकालाई आर्थिक सहयोग

बिहीबार, ११ जेठ २०७४, ०९ : ०९
बिहीबार, ११ जेठ २०७४
इलाम -  करुणा फाउन्डेसन नेपाल इलाममा कार्यरत एक कर्मचारीले दृष्टिविहीन बालबालिकालाई १० हजार आर्थिक सहयोग प्रदान गरेको छ । फाउन्डेसनमा कार्यरत दिनेश अधिकारीले इलामका सदरमुकामस्थित बालमन्दिरमा अध्ययनरत दुईजना दृष्टिविहीन बालबालिकालाई जनही रु पाँच हजारका दरले आर्थिक सहयोग प्रदान गरेका हुन.्। सहयोग प्राप्त गर्ने जमुना–१ की शिला राई र फाकफोक–९ की रीता लिम्बू छन् । अपाङ्गता त्यसमाथि पनि आर्थिक अवस्था एकदमै कमजोर भएका बालबालिकालाई सहयोग गरिएको अधिकारीले बताए । फाउन्डेसनले अपाङ्गता रोकथाम र पुनः स्थापनाको क्षेत्रमा जिल्ला समन्वय समिति र जिल्ला जनस्वास्थ्य कार्यालय तथा विभिन्न राजनीतिक दलको समन्वयमा विगत दुई वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप