गरिमाले चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने
बिहीबार, ११ जेठ २०७४, ०९ : १२
बेनी म्याग्दी - गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग मावि, मङ्गला गाउँपालिकाको मङ्गला शिक्षा क्याम्पस र धवलागिरि गाउँपालिकाको मुनामा रहेको धनजनता माविमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
जेठ महिनाभर चारै विद्यालयमा एक दिवसीय वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको गरिमा विकास बंैक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सम्बन्धित विद्यालयका विद्यार्थीका अतिरिक्त, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी र नवनिर्वाचित जनप्रतिनिधीलाई समावेश गरिनेछ ।
कार्यक्रममा बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधाका बारेमा बैंकका विभिन्न विभागमा कार्यरत उच्च अधिकृतले प्रशिक्षण दिने बताइएको छ । म्याग्दी जिल्लामा बेनीसहित दरबाङ, भुरुङतातोपानी र बाबियाचौरमा शाखा रहेको बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न वित्तीय साक्षरता अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण