वट सावित्री पर्व मनाइँदै
बिहीबार, ११ जेठ २०७४, ०९ : १७
विराटनगर - पतिको दीर्घायुको कामनाका साथ आज मिथिलाका महिलाहरुले वट सावित्री पर्व मनाइरहेका छन् । बिहानैदेखि महिलाहरु वर रूखको पूजापाठ गरी दिनभर उपवासमा बसेर यो पर्व मनाइरहेका छन् ।
हिन्दू धर्मावलम्बीले वरको रूखमा ब्रह्मा, विष्णु र महेशको बास हुने गरेकाले सो रूखको मुनि बसेर पतिको दीर्घायुका लागि कामना गरेपछि मनोकामना पूर्ण हुने जनविश्वास छ । यो पर्व मनाउने महिलाहरु नववस्त्र धारण गर्नाका साथै बाँसको हातेपङ्खा, प्रसादसहित धार्मिक एवम् संस्कृतिअनुसार महिला पूजापाठ गर्छन् ।
सत्ययुगमा सतिसावित्रीले आफ्ना पति सत्यभानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको बताइन्छ । यो पर्व नियमनिष्ठाका साथ मनाइएमा पति दीर्घायु हुने यमराजले वरदान दिएको भविष्य पुराणमा उल्लेख गरिएको छ ।
यस पर्वको अवसरमा विराटनगरका काली मन्दिर, संसारीमाईस्थानलगायत विभिन्न मन्दिरको परिसरलगायत अन्य ठाउँमा रहेका वरका रूखमुनि बसेर पूजापाठ गर्ने महिला बिहानैदेखि व्यस्त रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण