भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु
बिहीबार, ११ जेठ २०७४, ०९ : २९
फलेवास पर्वत - भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ ।
ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् । भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रियाका क्रममा उनीहरुको गोली लागेर मृत्यु भएको हो ।
शर्मा पाँच वर्षअघि भारतीय सेनामा भर्ती हुनुभएको थियो । दुई दाजुभाइमध्ये रबिन परिवारका जेठा हुन् । उहाँ राइफलम्यान पदमा कार्यरत रहनुभएको थियो । गत माघमा मात्रै विवाह बन्धनमा बाँधिएर गएका शर्माको मृत्युले सिङ्गो चुवा शोकमग्न बनेको छ ।
यसैगरी कास्कीको नगिधर गाउँका गिरिस गुरुङ १९ वर्षदेखि भारतीय सेनामा काम गर्दै आएका थिए । उनी हबल्दार पदमा कार्यरत थिए । उनको पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान छन् । त्यस्तै गुल्मीको काराइँग तुन गाउँ घर भएका हबल्दार डमरबहादुर पुन पनि २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए । उनको पत्नी कल्पना पुन र दुई सन्तान छन् । तीनैजनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिने मृतक शर्माका पारिवारिक स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण