म्यान्चेस्टर बम बिस्फोटका आरोपी सलमानका पिता र दाइ हिरासतमा
बीबीसी
जेठ ११ – बेलायतका पुलिस म्यान्चेस्टर एरिना बम बिस्फोट पछाडि संदिग्ध नेटवर्कको खोजीमा जुटेको छ । यसै सिलसिलामा पुलिसले सातौं व्यक्तिलाई पक्राउ गरेको छ ।
पुलिसका अनुसार वारविकशायरको न्यूनिएटनमा खोजी पछि पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पुलिसका अनुसार सोमबार राती म्यान्चेस्टर एरिनामा अमेरिकी पप स्टार एरियाना ग्रान्डको कन्सर्टपछि सम्भवतः २२ वर्षका सलमान रमादान आबदीले आत्मघाती बम बिस्फोट गराए । हमलामा २२ जनाको ज्यान गएको छ भने लगभग ६० जना घाइते भएका छन् ।
यस्तै लिबियामा सलमानका पिता र दाइ हिरासतमा राखिएको छ ।
पुलिसले मंगलबार म्यान्चेस्टरमा सलमानका दाइ इस्माइललाई हिरासतमा राखिएको थियो ।
बुधबार पुलिसले विगनमा पाँचौं व्यक्तिलाई पक्राउ गरेका थिए ।
बेलायतका महत्वपूर्ण अन्य स्थानमा पुलिसका साथै सैनिक पनि तैनाथ गरिएको छ ।
गृहमन्त्री एम्बर रड्डले भने, ‘सोमबार राती भएको हमलाजस्तो जटिल हमला हामीले पहिले देखेको छैनौं । यस्तो लाग्छ कि सलमान आब्दी यो हमलाका एक्ला व्यक्ति होइनन् ।’
को थिए हमलाकर्ता ?
म्यान्चेस्टरमा लिबियाली मूलको परिवारमा जन्मिएका २२ वर्षीय सलमान आबदी म्यान्चेस्टर हमलाका मुख्य दोषी मानिएको छ । उनी स्यालफोर्ड युनिभर्सिटीका पूर्व छात्र भएको बताइन्छ ।
म्यान्चेस्टर मेट्रोपोलिटन युनिभर्सिटीसँग जोडिएका हामिद–अल–सैदले सलमानको आफ्नो परिवारसँग राम्रो सम्बन्ध नरहेको र उनका परिवारले उनलाई सही बाटो ल्याउन जति सुकै प्रयास गरेपनि सफल नभएको जानकारी दिएका छन् ।
उनले भने, ‘उनले युनिभर्सिटीमा राम्रोसँग पढिरहेका थिएनन् त्यसैकारण उनले पढाईलाई बिचमा नै छोडिदिएका थिए । उनलाई युरोपेली जीवनशैली अपनाउन समस्या भइरहेको थियो ।’
मुस्लिम समुदायका एक व्यक्तिले बीबीसीलाई दिएको जानकारी अनुसार आबदीको कट्टरपन्थी विचारको बारेमा उनका कलेजका दुई मानिसहरुले हटलाइनमा जानकारी पनि दिएका थिए ।
उनीहरुले आबदीले चरमपन्थको समर्थन गर्ने र आत्मघाती हमलाकर्ता हुने कुरामा पनि विश्वास राख्ने गरेको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण