झापामा भेटियो दुर्लभ मोलुरस अजिङ्गर
बिहीबार, ११ जेठ २०७४, ०९ : ३६
बनियानी झापा - झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो ।
करिब तीन इन्च गोलाइ र ६ फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए ।
सो अजिङ्गर जिल्ला वन कार्यालय झापामा बुझाइएको छ । नजिकै रहेको चारकोसे जङ्गलबाट निस्किएको अजिङ्गर केही दिनदेखि गाँउमा देखा पर्दैआएको स्थानीयवासी राजन पौडेलले बताए । झिलमिले खोला किनारमा यसअघि पनि कमन पाइथन अजिङ्गर फेला परिसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण