शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रोल्पामा ज्यान गुमाएका र बेपत्ताको सम्झनामा स्मारक निर्माण बन्ने

बिहीबार, ११ जेठ २०७४, ०९ : ४९
बिहीबार, ११ जेठ २०७४
रोल्पा  -  तत्कालिन अवस्थामा माओवादीको सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको सम्झनामा रोल्पाको लिवाङमा शान्ति स्मारक बन्ने भएको छ । मानव अधिकार तथा कानुनी सेवा केन्द्र रोल्पाको आर्थिक सहयोग र स्थानीय शान्ति समिति रोल्पाको समन्वयमा बन्ने उक्त स्मारकमा जिल्ला प्रशासन कार्यालय वा स्थानीय शान्ति समितिलाई उपलब्ध गराएको सशस्त्र द्वन्द्वमा मारिएका र बेपत्ता भएकाको नामलेखी मार्बलमा राखिने मानव अधिकारकर्मी खेम बुढामगरले जानकारी दिए । सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा अवतरण भएको एक दशक पार गरिसक्दासमेत जिल्लामा शान्ति स्मारक हुन नसक्दा नागरिकमा निरासा बढिरहेका बेला स्मारक निर्माणले द्वन्द्वपीडितमा केही राहत हुने बुढाले बताए । सशस्त्र द्वन्द्वमा मारिएका तथा बेपत्ता भएका परिवारका सदस्यले आफन्तजनको सम्झनामा सदरमुकाम लिवाङमा शान्ति स्मारक बनाउन माग गरिएको हुँदा सो स्मारक बनाउन लागिएको हरप्लेस रोल्पाले जनाएको छ । सदरमुकाम लिवाङको टुँडिखेलमा सो स्मारक बनाउनुपर्ने स्थानीयवासीले सुझाव छन् । सो स्मारकका लागि मानव अधिकार तथा कानुनी सेवा केन्द्रले करिब रु चार लाख विनियोजन गरिसकेको छ । गुरुयोजनासहित निर्माण गरिने सो स्मारकका लागि जिल्ला समन्वय समिति, रोल्पा नगरपालिका र शान्ति मन्त्रालयबाट समेत स्रोत जुट्ने अपेक्षा गरिएको छ । सशस्त्र द्वन्द्वको बेला रोल्पामा ९४६ मृतक र ३३ जना बेपत्ता रहेको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप