सगरमाथामा टेन्टभित्र चार पर्वतारोहीको शव फेला, मारिनेको संख्या १० पुग्यो
काठमाडौँ, जेठ ११ – सगरमाथामा टेन्ट भित्र चार जनाको शव फेला परेको छ । योसँगै यस सिजन सगरमाथा आरोहणका क्रममा मारिनेको संख्या १० पुगेको छ ।
आइतबार स्लोभाक पर्वतारोहीको शव लिन पठाइएको उद्दार टोलीले ती शवहरु फेला पारेको हो ।
सगरमाथामा डेथ जोन भनेर चिनिने क्षेत्रमा उनीहरुको शव फेला परेको बताइएको छ । सो क्षेत्रमा अक्सिजनको मात्रा निकै कम हुने बताइन्छ ।
मारिनेमा दुई जना विदेशी पर्यटक र दुई शेर्पा पथप्रदर्शक रहेका छन् । उनीहरुको नाम भने खुलेको छैन ।
यसअघि अस्ट्रेलियाका फ्रान्सेस्को मारचेटी, भारतीय रवि कुमार, ८५ वर्षीय मिन बहादुर शेरचनको मृत्यु भइसकेको छ ।
त्यस्तै, विश्व प्रख्यात स्वीस पर्वतारोही उली स्टेकले पनि यसै वर्ष ज्यान गुमाएका थिए ।
यसैबीच, २९ वर्षीय स्पेनिस पर्वतारोहीले भने सवैभन्दा छोटो समयमा डोरी र थप अक्सिजन बिना नै सगरमाथाको सफल आरोहण गरेका छन् । मंगलबार किलियान जोर्नेटले तिब्बततर्फबाट २६ घण्टामा सगरमाथा आरोहण गरेको बताइएको छ ।
तर, उनी नफर्केसम्म किर्तिमानको पुष्टि गर्न सकिएको छैन ।
त्यस्तै, भारतीय महिला अंशु जामसेम्पाले एक हप्तामा दुई पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाएकी छिन् ।
यो वर्ष ३८२ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् भने तिब्बततर्फबाट १२० जनाले सगरमाथाको आरोहण गरेको रोयटर्सले उल्लेख गरेको छ ।
सन् १९२० देखि सगरमाथामा हालसम्म २०० जनाले ज्यान गुमाएका छन् । सन् २०१५ मा हिमपहिरोका कारण २४ जनाले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण