नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आइरहेकोमा आज भने राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । त्यसपछि भने अवरोध यथावत राखिने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
पुरानै कार्यक्रममा सोमबार नयाँ बजेट
यता, सरकारले आगामी आर्थिक वर्षको बजेट अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै सार्वजनिक गर्ने तयारी गरेको छ ।
संविधान कार्यान्वयनसँगै सङ्घीयता लागू गर्ने क्रममा मुलुक निर्वाचनमय भएका बेला सरकारले आगामी सोमबार आव २०७४/७५ का निम्ति बजेट पेस गर्ने तयारी गरेको हो ।
नेपालको संविधानले हरेक वर्ष जेठ १५ बजेट संसद्समक्ष प्रस्तुत गर्ने व्यवस्थाअनुरुप अर्थमन्त्री कृष्णबहादुर महराले बजेट प्रस्तुत गर्ने तयारी गरेका हुन् ।
सङ्घीयता कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने भएकाले रु १२ खर्बभन्दा बढीको बजेट ल्याउन लागिएको अनुमान छ । गत आवमा सरकारले रु १० खर्ब ४८ अर्बको बजेट ल्याएको थियो ।
अर्थ मन्त्रालयले मुलुकको सामाजिक एवम् आर्थिक विकासलाई केन्द्रित गरेर बजेटको तयारी गरिरहेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राडा पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।
ऊर्जा सङ्कट अन्त्य भएसँगै उद्योगी व्यावसायीमा उत्साह जागेको र सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाका कार्यप्रगति सन्तोषजनक छ । राष्ट्रिय गौरवका आयोजना लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता सकारात्मक देखिएका छन् ।
रेग्मीका अनुसार निरन्तरताका कार्यक्रमलाई प्राथमिकता दिइन्छ । नयाँ कार्यक्रम स्थानीय तहले बनाउने भएकाले नयाँ कार्यक्रमको आवश्यकता पनि नपर्ने उनको भनाइ छ । कर तथा करका दरमा कुनै पनि परिर्वतन नगर्ने सरकारी योजना छ ।
आर्थिक क्षेत्र अङ्क गणित मात्र होइन, आमजनता तथा निजी क्षेत्रको मनोविज्ञान पनि हो । यही विषयलाई आधार मानेर सरकारले लगानीका लागि पूर्ण वातावरण बनाउने गरी बजेट बनाउन लागेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण