यो फोन किन्नुहुन्छ भने हेलिकोप्टरमार्फत हुनेछ ‘होम डेलिभरी’
एजेन्सी
जेठ ११ – लग्जरी ह्यान्डसेट बनाउने बेलायती कम्पनी भर्चुले एक पटक पुनः महँगो मोबाइल फोन लञ्च गरेर सबैलाई अचम्मित बनाएको छ । यसको मूल्य सुन्दा तपाईं चकित हुनुहुनेछ । भर्चु सिग्नेचर कोब्राको मूल्य लगभग ३ लाख ६० हजार डलर अर्थात् ३ करोड ७३ लाख नेपाली रुपैयाँ हो । यो एक स्मार्टफोन नभई फिचर फोन हो । कम्पनीले यसको सिमित संस्करण बनाएको छ जसलाई चीनमा इ कमर्समार्फत बिक्रि गरिन्छ ।
फोनको डिजाइनको कुरा गर्नुपर्दा यो सुपर लक्जरी स्मार्टफोनको चारैतर्फ सर्प बनाइएको छ जुन हेर्दा यस्तो लाग्छ कि फोनको सुरक्षा यिनै सर्पले गरिरहेका छन् । भर्चु सिग्नेचर कोब्रा खरिद गर्नका लागि सबैभन्दा पहिले ग्राहकले लगभग १६ हजार रुपैयाँ डाउन पेमेन्टको रुपमा तिर्नुपर्दछ । त्यसपछि बाँकी मूल्यलाई दिन सकिन्छ ।
रोचक कुरा के छ भने यसको अर्डर गर्दा यो फोनको डेलिभरी कार वा बाइकले नभई हेलिकोप्टरमार्फत यसको ‘होम डेलिभरी’ हुनेछ ।
भर्चुको यो सिमित संस्करण फोनलाई ४ सय ३९ रुबीबाट बनाइएको छ । चीनियाँ वेबसाइट गिज्मो चाइनाको एक रिपोर्ट अनुसार यसलाई २ सय ८८ पार्टस्मा बनाइएको छ जसलाई बेलायतमा एसेम्बल गरिएको छ । अहिलेसम्म यसको ८ युनिट्समात्र बनाइएको छ । रिपोर्टका अनुसार यसको एक युनिटमात्र चीनका लागि उपलब्ध हुनेछ ।
रिपोर्टका अनुसार ३ करोडभन्दा बढि मूल्य तोकिएको यो फोनको स्क्रिन २ इन्चको हुनेछ जसको रिजोलुशन 240X320 छ । यसमा २ जीबि र्याम र १६ जीबिको आन्तरिक मेमोरी दिइएको छ । यो ब्याट्रि निकाल्न सकिन्छ र यसले ५.५ घण्टाको ब्याकअप दिने बताइएको छ । डिस्प्लेमा सफायर क्रिष्टल राखिएको छ ।
भर्चु सिग्नेचर कोब्रालाई फ्रान्सको जूलरी कम्पनीले डिजाइन गरेको हो । यो फोनको साइडमा ४ सय ३९ पन्ना जडित दुई कोब्रा सर्प बनाइएका छन् । सर्पको आँखामा मणी राखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण