कांग्रेसको पदाधिकारी बैठक : के गर्ला निर्णय ?
काठमाडौ, जेठ ११ – पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।
पार्टी कार्यलय सानेपामा विहान पौने दश बजेबाट सुरु भएको बैठकमा दोस्रो चरणको निर्वाचन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामापछिको अवस्था र भावी सरकार गठनबारे छलफल हुने नेताहरुले बताएका छन् ।
सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिएपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न बाटो खुलेसँगै कांग्रेसले सरकार गठनका लागि पनि गृहकार्य गर्न आवश्यक भएकाले पदाधिकारी बैठक बोलाउनु परेको कांग्रेस स्रोतले जनाएको छ । यद्यपि यसवारे नेताहरुले भने केही खुलाएका छैनन ।
कांग्रेस माओवादी केन्द्रको गठबन्धन मजबुत बनाउने र दोस्रो चरणको निर्वाचन कसरी सफल पार्ने भन्ने विषयमा समेत पदाधिकारी बैठकमा छलफल हुने बुझिएको छ । कांग्रेसमा केन्द्रीय समितिपछि महत्वुर्ण निाणर््य गर्ने अधिकार पदाधिकारीहरुलाई प्रत्यायोजन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण