शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इन्डोनेसियाको राजधानी जकार्तामा दुई बम बिस्फोटः तीनको मृत्यु, थुप्रै घाइते

बिहीबार, ११ जेठ २०७४, १० : २५
बिहीबार, ११ जेठ २०७४

एजेन्सी

जेठ ११ – इन्डोनेसियाको राजधानी जकार्तास्थित एक बस स्टेशन नजिकै दुई बम बिस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । पुलिसका अनुसार घटनास्थलमा शरिरका केही अंग पनि देखिएका छन् । पुलिसले उक्त बिस्फोट आत्मघाती हमलाका कारण भएको हुनसक्ने आशंका गरिएको छ ।

इस्ट जकार्ताका पुलिस चीफ एन्ड्री विबोवोले मेट्रो टिभीलाई दिएको जानकारी अनुसार घटना बुधबार राती स्थानीय समयानुसार राती ९ बजे भएको हो । प्रत्यक्षदर्शी सुल्तान मोहम्मद फिरदौसका अनुसार उक्त बम बिस्फोट नजिकै भएको थियो । यी दुईमध्ये करिब १० मिनेटको अन्तर थियो ।

पछिल्लो वर्ष जनवरीमा भएको थियो ८ धमाकाः

– पछिल्लो वर्ष १४ जनवरीमा जकार्तामा यूएन अफिस नजिकै ८ बम बिस्फोट भएका थिए । जसमा सातजनाको मृत्यु भएको थियो । मोटरसाइकलमा आएका १४ हमलाकर्ताले फायरिङ गरेका थिए र ग्रेनेड फ्याँकेका थिए । पछि स्पेशल सेक्युरिटी फोर्सले दुई आतंककारीलाई मारेका थिए जबकी दुईले आत्महत्या गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप