शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

महानगरका पहिलो मेयरको सपथ तथा पदभार (फोटोफिचर)

बिहीबार, ११ जेठ २०७४, १० : २९
बिहीबार, ११ जेठ २०७४

विजु महर्जन

काठमाडौँ, जेठ ११ – ललितपुर महानगरपालिकामा प्रमुख पदका विजय उम्मेदबार नेपाली काँग्रेसका चिरीबाबु महर्जनलाई ललितपुर महानगरपालिकामा स्वागत गरिएको छ ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका चार महानगरमध्ये पहिलो नतिजा सार्वजनिक भएको ललितपुर महानगरमा महर्जन ३६५ मत अन्तरले मेयर निर्वाचित भएका थिए।

मंगलबार राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४६६६ मत पाएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४३०१ मत परेको छ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९२३६ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाइन्।

दुवैलाई निर्वाचन अधिकृतले सपथ गराएका थिए । सपथ लगत्तै उनीहरु पदभार ग्रहण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप