राजपा बैठक : ‘चुनाव की आन्दोलन’ बारे निर्णय गर्दै
काठमाडौँ, जेठ ११– चुनाव रोज्ने कि आन्दोलन ? भन्ने विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको बैठक बस्दैछ । तत्कालिन तमलोपाको पार्टी कार्यलय विजुलीबजारमा अहिले ११ बजेपछि बस्ने बैठकमा दोस्रो चरणको निर्वाचनमा सहभागि हुने वा आन्दोलन गर्ने भन्ने विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।
राजपाभित्र चुनावमा सहभागि हुने विषयमा एकमत नभएपछि यो बैठकमार्फत निश्कर्षमा पुग्न लागिएको राजपाका अध्यक्षमण्डलका एक नेताले रातोपाटीलाई बताए ।
उनका अनुसार ६ पार्टी मिलेर बनेको राजपाका केही नेताहरु सरकारले संविधान संशोधन नगरेकाले आन्दोलमा जानुपर्ने बताइरहेका छन् भने केही आन्दोलन छाडेर चुनावको उपयोग गर्नुपर्ने अडानमा छन् ।
राजपामा आन्दोलन गर्नुपर्छ भन्ने समुह कमजोर भएपनि उनीहरुको मागलाई समेत वेवास्ता गरेर अघि बढ्न नसकिने ती नेताको भनाई छ ।
राजपाले दोस्रो चरणको चुनाव अघि नै संविधान संशोधन गनुपर्ने माग गर्दै आएको छ । तर, उसको माग अनुसार चुनावअघि संविधान संशोधन असम्भव भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुर जिल्ला अदालत ः मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण