शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

घाइते कार्यकर्ताको स्वास्थ्य अवस्थाबारे जानकारी

बिहीबार, ११ जेठ २०७४, ०८ : २४
बिहीबार, ११ जेठ २०७४

काठमाडौँ, ११ जेठ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दुर्घटनामा परी घाइते हुनुभएका सुर्खेत जिल्ला कमिटी सदस्य तुलबहादुर सकारी र रतन बिसीको आज ग्रान्डी अस्पताल पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बिसी बच्चपुर नगरपालिका–७ का नवनिर्वाचित वडा अध्यक्षसमेत हुन् । महासचिव पोखरेलले अस्वस्थ्य कार्यकर्ताद्वयको स्वास्थ्य अवस्था बुझ्ने क्रममा उपचारमा संलग्न चिकित्सकलाई सम्भव भएका सबै उपाय अबलम्वन गर्न आग्रह गरे ।

उनीहरुको उपचारका लागि पार्टीले पनि सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता महासचिव पोखरेलले जनाए ।

वीरेन्द्रनगरबाट ५० किलोमिटरको दूरीमा पर्ने साल्कोटमा यही जेठ ६ गते उनीहरु सवार मोटरसाइकललाई जिपले ठक्कर दिएपछि घाइते भएका थिए । उनीहरुलाई यही ७ गते काठमाडौँमा ल्याएर सो अस्पतालमा उपचार गरिएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप