शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गोमन सर्पले डसेर बालिकाको मृत्यु

बिहीबार, ११ जेठ २०७४, ०६ : ४६
बिहीबार, ११ जेठ २०७४

राजविराज, ११ जेठ । विषालु गोमन सर्पको डसाइबाट आज यहाँ एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कृष्णवरण गाउँपालिका–४ निवासी बेचन यादवकी ११ वर्षीया छोरी ज्ञानीकुमारी यादव रहेको इलाका प्रहरी कार्यालय, मोहुलीले जनाएको छ ।

आज बिहान आफ्नै घर अगाडि आँगन बढार्ने क्रममा बालिकालाई सर्पले डसेको थियो ।

सर्पको डसाइबाट गम्भीर अवस्थामा पुगेकी उनको विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिप्रकाले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप