केपी ओलीसहितका नेताहरु निर्वाचन आयोगमा, भरतपुरमा फेरि मतदान गरिए नमान्ने घोषणा
काठमाडौं, जेठ १६– नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारु गराउन माग गर्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेतहरु मंगलबार दिउँसो कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर आयोगको ध्यानाकर्षण गराएका हुन् ।
सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगले घटनाबारे छानबिन समिति बनाएको भएपनि त्यो समितिबाट आउने प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठाउँदै प्रमुख निर्वाचन आयुक्त नै चितवन पुगेर सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए ।
तर, आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आफूहरुले सत्यतथ्य कुरा बाहिर ल्याउने भन्दै ढुक्क हुन ओलीसँग आग्रह गरेका थिए ।
आयोगलाई ध्यानाकर्षण गराइएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले नेता सुवासचन्द्र नेम्वाङले सत्तापक्षकै योजनामा भरतपुरको घटना घटाइएको आरोप लगाउँदै कुनै पनि हालतमा पुन मतदान हुन नसक्ने बताए ।
उनले पुनः मतगणना गरिनु पर्ने भन्दै आफूहरुको आग्रहलाई बेवास्ता गरी पुन मतदान गर्न तर्फ लागिए कडा प्रतिरोध गर्ने चेतावनी समेत दिए ।
माओवादी र कांग्रेसले भरतपुर महानगरपालिकाको बडा नम्बर १९ मा पुनमतदान हुनुपर्ने माग गरिरहेको बेला एमालेले भने कुनै पनि हालतमा नमान्ने घोषणा गरेको हो ।
सोमबार राती मतगणनाको क्रममा एमाले र माओवादीका कार्यकर्ताबीच विवाद हुँदा केहि मतपत्र च्याताच्यात भएको थियो भने सोलगत्तै मतगणना रोकिएको थियो ।
सोहि विषयमा आयोगले सोमबार तीन सदस्सीय छानबिन समिति गठन छ भने समितिले बुधबार आफ्नो प्रतिवेदन बुझाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण