शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भत्ता थप नगरेको भन्दै जेष्ठ नागरिकहरु आक्रोशित

मङ्गलबार, १६ जेठ २०७४, १३ : ५२
मङ्गलबार, १६ जेठ २०७४

काठमाडौं, जेठ १६ –जेष्ठ नागरिकहरुले सरकारले ल्याएको बजेटमा वृद्धाभत्ता थप नगरेकोमा आपत्ति जनाएका छन् । सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा वृद्धाभत्ता थप नगरिएपछि जेष्ठ नागरिकहरु सरकारप्रति आक्रोशित भएका हुन् । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले वृद्धा भत्ता महिनामा ५ देखि १० हजारसम्म बढाउने आश्वासन दिएर ढाँटको खेती गरेको भन्दै आपत्ति जनाए । अग्रज समाज, नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले सरकारले वृद्धाभत्ता बढाउने भनेर आफूहरुलाई ढाँटेको भन्दै आपत्ति जनाए । उनले आफ्ना बाबु÷आमाको सम्मान गर्न नसक्ने सरकारले राष्ट्र र जनताको सेवा गर्न नसक्ने दावी समेत गरे । जेष्ठ नागरिकहरुले महिनामा ५ हजार वृद्धा भत्ता दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले यातायात र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिईरहेका छन् । हाल सरकारले जेष्ठ नागरिकहरुलाई महिनामा २ हजार भत्ता दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप