नेपाली सेनाको जहाज दुर्घटना : क्याप्टेनको मृत्यु, दुई घाइते
काठमाडौँ, जेठ १६ – नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते रहेका छन् ।
सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा क्याप्टेन कैलाश गुरुङ रहेका छन् । त्यस्तै घाइतेमा को पाइलट अनिता आले तथा सुबेदार पूर्ण बहादुर खड्का रहेका छन् ।
बाजुरका सिडियो देवेन्द्र लामिछानेका अनुसार उनीहरुलाई सीता एयरको विमानबाट नेपालगञ्जका लागि उपचारको लागि ल्याइएको थियो ।
नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौसमका कारण दुर्घटनामा परेको हो ।
खराब मौसमपछि हुम्लातर्फ उडेको विमानलाई बाजुरा जिल्लाको बुढीनन्दा नपा–२ स्थित कोल्टी विमानस्थलमा आकस्मिक अवतरण गर्न खोजिएको थियो ।
अवतरण गर्ने क्रममा विमानस्थलबाट ५० मिटर तल रहेको खेतमा क्र्यास भएको नेपाली सेनाले जनाएको छ ।
विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले भने, “अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज धान खेतमा पल्टिएको हो ।” दुर्घटनापछि जहाजमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए ।
यसअघि, शनिबार गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।
तस्विरमा पाइलट कैलाश गुरुङ तथा को पाइलट अनिता आले मगर
तस्विरमा हेर्नुहोस् नेपाली सेनाको विमान दुर्घटना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण