पर्सामा निर्वाचन कार्यालय घेराउ
मङ्गलबार, १६ जेठ २०७४, १४ : ०९
पर्सा, जेठ १६ – निर्वाचनको विरोधमा आन्दोलन गर्दै आएको राष्ट्रिय जनता पार्टी, पर्साले मंगलबार विरगंजस्थित जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ ।
राष्ट्रिय जनता पार्टी, जिल्ला कार्य समिति पर्साले मंगलबार विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म निर्वाचन कार्यालय घेराउ गरेको हो ।
निर्वाचन विरोधी गतिविधि संचालन गर्ने पार्टी केन्द्रको घोषित कार्यक्रम अनुसार मंगलबार ३ घण्टा जिल्ला निर्वाचन कार्यालय घेराउ गरिएको पार्टीका नेता प्रेमबाबु पटेलले जानकारी दिए । तीन घण्टा जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले कार्यालयमा तालाबन्दी गर्न भने प्रहरीले दिएन ।
जिल्ला निर्वाचन कार्यालयमै तालाबन्दी गर्न खोजेपछि आफूहरुले रोकेको प्रहरी उपरीक्षक गोविन्द साहले जानकारी दिएका छन् । पर्सामा निर्वाचन विरोधी गतिविधि हुन नदिन सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालले जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप नगरिएको भन्दै आगामी १८ गतेसम्मका लागि निर्वाचन विरोधी पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण