शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भद्रपुरमा एक हजार ४०० किलो सुपारी बरामद

मङ्गलबार, १६ जेठ २०७४, १४ : २१
मङ्गलबार, १६ जेठ २०७४

बनियानी९झापा०, १६ जेठ । भद्रपुर नगरपालिका–३ आमगाछीबाट प्रहरीले एक हजार ४०० किलो काँचो सुपारी बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएको उक्त सुपारी वडा प्रहरी कार्यालय भद्रपुर र महेशपुर प्रहरी चौकीको संयुक्त टोलीले बरामद गरेको हो ।

मे१ज १३३० नंको गाडीबाट सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । प्रहरीले गाडीचालक मेचीनगर नगरपालिका– ६ का खोतु राजवंशीलाई इटहरीस्थित राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पठाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप