बंगलादेशमा आएको चक्रवातको असर नेपालसम्म
काठमाडौँ, जेठ १६ – बंगलादेशमा आएको मोरा चक्रवातको असर नेपालको मौसममा पनि देखिएको छ ।
जसले देशका विभिन्न भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वंगालको खाडीमा विकसित भै बंगलादेशको चित्तगोंगको जमिन तर्फ अगाडी बढिरहेको सामुद्रिक चक्रवात मोरा अपरान्ह अगाडीनै जमिनको भु–भागमा प्रवेश गरि उत्तर/उत्तर पूर्व लाग्न सक्ने प्रक्षेपण गरिएको छ।
‘उक्त चक्राबतको कारणले नेपालको मौसममा बदलि भइ नेपालको पूर्व तथा मध्यका केही स्थानहरुमा मध्यम देखि भारी वर्षा हुन सक्ने साथै पूर्व तथा मध्य क्षेत्रको उच्च पहाडी भेगमा मध्यम देखि बाक्लो हिमपात हुन सक्ने सम्भावना छ,’ महाशाखाले जनाएको छ ।
१५० प्रतिकिलोमिटरको रफ्तारमा चक्रवात जमिनमा प्रवेश गर्ने भएपछि बंगलादेशमा ३ लाख भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
भारतको उत्तर पूर्वी राज्यहरुमा पनि यसको असर देखिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण