एक वीर्य ठग डाक्टर, जसका छन् ६० सन्तान
बीबीसी
जेठ १६ – ‘जब म युवा थिएँ तब एक डाक्टरको तस्बिर देखेर म काँप्न थालें ।’
३० वर्षका नेदरल्याण्ड निवासी जोए हूडम्यानले अप्रिलमा एक टेलिभिजन कार्यक्रममा भने, ‘मेरो दिमाग घुमेको थियो । स्तब्ध थिएँ र करिब करिब म बेहोस भइसकेको थिएँ ।’
वास्तवमा, हूडम्यानले जो तस्बिर देखेका थिए त्यो जेन कारबाटको थियो । कारबाट एक डाक्टर थिए जसको केही हप्ता पहिले मृत्यु भएको थियो र उनीमाथि गर्भाधानको उपचारको क्रममा आफ्नै शुक्राणु अर्थात् स्पर्म दिने गरेको आरोप छ ।
अहिलेसम्म १८ जनाले डिएनए टेस्ट गराएका छन् र यी टेस्टको नतिजा ती डाक्टरका एक सन्तानको डिएनएसँग मेल खान्छ ।
डाक्टरमाथि मुद्दाः
कारबाट रोटरडमस्थित एक फर्टिलिटि ट्रिटमेन्ट क्लिनिकका प्रमुख थिए । सन् १९८० देखि सन् २००९ को क्रममा यो पदमा रहँदा उनलाई हज्जारौं महिलाले उपचारको सिलसिलामा भेटे ।
योभन्दा पहिले पनि सन् १९७० को दशकमा उनी जुन अस्पतालसँग जोडिएको थिए त्यहाँ पनि उनीमाथि शुक्राणु परिवर्तन गरेको शंका गरिएको थियो ।
२५ मानिसहरुले मुद्दा दर्ता गरेर कारबाटले उपचारमा दानदाताको शुक्राणु नभई उनले आफ्नै शुक्राणुबाट उपचार गरेको स्पष्ट पार्न खोजेका छन् ।
जुरिड अस्पताल प्रशासनले पनि आइतबार यस विषयमा अनुसन्धान सुरु गरिएको पुष्टि गरेको छ ।
कारबाटको ८९ वर्षको उमेरमा यसै वर्ष अप्रिलमा निधन भएको थियो । उनले आफ्नो सम्पत्ती बाँडफाँड गर्ने पत्रमा आफ्ना् डिएनएको नमूना नलिन सम्झौता गरेका छन् ।
डाक्टरले स्विकारेका थिए ?
डाक्टर कारबाटको अनुहार, उचाई सबैकुरा मिलेता पनि हूडम्यानले टेलिभिजन अन्तर्वार्तामा डाक्टर कारबाट उनका पिता हुन् भन्ने विषयमा यकिन गर्न नसकिने बताएका छन् ।
हूडम्यानले भने, ‘हुन पनि सक्छ । हामीले डिएनए जाँचको नतिजा कुर्नुपर्ने हुन्छ । यो निकै महत्वपूर्ण भएकाले यो मुद्दा अदालतमा छ ।’
हूडम्यानजस्तै ३६ वर्षकी मोनिएक वासेनारलाई पनि यसमा कुनै शंका नभएको बताउँछिन् । वासेनरले मिडियासँगको कुराकानीमा डाक्टर आफैंले उक्त कुरा स्विकारेको बताएकी छिन् ।
वासेनारलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स बताउँछ, ‘जब मैले डाक्टरलाई सन् २०११ मा भेटें तब उनले मेरो हात देखाउन आग्रह गर्दै म उनका छोरीमध्येको एक हुनसक्ने बताएका थिए ।’
यी महिलाको दाबी अनुसार डाक्टरले बिरामीद्वारा छानेका डोनरको शुक्राणुको साटो आफ्नो शुक्राणु प्रयोग गर्ने गरेको स्विकारेका थिए ।
वासेनारका अनुसार डाक्टरले आफू मानवीयताका लागि आफ्नो शुक्राणुको दान गरिरहेको बताउँथे र उनले संसारभरी आफ्ना ६० सन्तान भएको जानकारी पनि दिएका थिए ।
ती महिलाका अनुसार यी सबै कुरा सत्तरीको दशकमा भएको र डाक्टरले धेरैजसो महिलाले पढे–लेखेका व्यक्तिको वीर्य चाहने गरेको पनि जानकारी दिएका थिए ।
अन्य क्लिनिकमा समेत आपूर्तीः
कारबाटले लिडन युनिभर्सिटीबाट मेडिकलको पढाई गरेपछि सन् १९७३ मा बिड्रोप डोनेशन क्लिनिकमा काम गर्न सुरु गरेका थिए । उनले त्यहाँ आफ्नो शुक्राणु दान गरे र हरेक वर्ष ठूलो संख्यामा अन्य डोनर्स पनि त्यहाँ आए ।
त्यहाँबाट नेदरल्याण्डका अन्य क्लिनिकमा पनि शुक्राणुको आपूर्ती गरिन्थ्यो ।
अनियमिताताका उजुरीपश्चात् नेदरल्याण्डको स्वास्थ्य मन्त्रालयले सन् २००९ मा यो क्लिनिक बन्द गर्ने आदेश दियो ।
यो मुद्दा अब अदालतमा छ र न्यायाधिसले जून २ तारिखमा यसबारे निर्णय गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण