शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

केपी ओलीले भने–प्रचण्डले जनता हेरेनन्, ज्योतिषी हेरे

मङ्गलबार, १६ जेठ २०७४, १६ : ००
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौं, जेठ १६– पार्टीको विजयी सभालाई राजधानीको भृकुटीमण्डपमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्माले जनतालाई दुःख दिन सरकारले चुनाव सारेको आरोप लगाएका छन् । उनले भने, ‘जनतालाई दुःख दिन चुनाव सारिएको छ । जेठ ३१ मा पानी पर्दैन कि भनेर असार ९ गते चुनाव सारेका छन् । खोला नाला बढ्लान् जनताले दुख पाउलान् भन्ने यीनलाई चिन्ता छैन ।’ उनले प्रचण्डले जनता नहेरेको तर ज्योतिषिको सल्लाहमा चुनावको मिति घोषणा गरेको आरोप लगाउँदै थपे, ‘तराईमा ढुंगा चलाएर भोट खसाल्न जानुपर्छ, कहाँबाट डुंगा ल्याउने ? सबैसँग छातापनि हुन्न मतपत्र भिज्लान् कहाँ मत खसालने ? सरकारलाई मतलब छैन । असार ९ गते माओवादीलाई राम्रो छ । प्रधानमन्त्री जनता हेर्नुहुन्न, ज्योतिष हेर्नुुहुृन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप