यसकारण पहिलो फिल्मबाट निकालिएकी थिइन् दिव्या भारती, ५ सयमा साइन गरिन् दोस्रो फिल्म
एजेन्सी
जेठ १६ – हिन्दी सिनेमामा थुप्रै हिरोइन यस्ता छन् जसले दुईचार वटा फिल्म खेले, निकै चर्चित भए र छिट्टै नै अमर भए । यी नायिकाको सूचीमा दिव्या भारतीको नाम पनि आउँछ ।
९० को दशकी सबैभन्दा उत्कृष्ट नायिका मध्येकी एक दिव्या भारतीको १९ वर्षको उमेरमा नै मृत्यु भएको थियो ।
दिव्या भारतीले आफ्नो फिल्मको सुरुवात त्यतिबेला गरेकी थिइन् जब उनी कक्षा ९ मा पढिरहेकी थिइन् । नायक गोविन्दाका दाइ कीर्ति कुमारले उनलाई आफ्नो फिल्म ‘राधाका संगम’ मा साइन गराए । दिव्या पनि मन लगाएर अभिनय र डान्सको तालिम लिन थालिन् ।
कीर्ति दिव्यामाथि कृतज्ञ थिए । उनीहरु बिचको सम्बन्ध राम्रो थियो तर मानिसहरुले भने उनीहरुको सम्बन्धलाई अफेयरको नाम दिन थाले । यी सब अफवाहका कारण कीर्तिले दिव्यालाई फिल्मबाट बाहिर निकालेर जूही चावलालाई साइन गराए । यद्यपी, यसको सटिक कारण के थियो त्यो भने थाहा हुन सकेको छैन ।
कीर्तिले दिव्या फिल्मका लागि परिपक्क नभएकाले समावेश नगरेको बताए । फिल्मबाट एक्कासी निकालिएपछि दिव्या निकै तनावमा परिन् । उनी फिल्मका लागि निकै मेहनत गरिरहेकी थिइन् । एक अन्तर्वार्तामा दिव्याकी आमाले दिएको जानकारी अनुसार उक्त घटनाले दिव्याको मूड यति खराब बनाइदिएको थियो कि उनको मुड फ्रेश बनाउनका लागि उनलाई कश्मिर घुमाउन लगिएको थियो ।
केही समयपश्चात् दिव्यालाई साउथको फिल्मको अफर आउन थाल्यो । दिव्याको पहिलो साउथ फिल्म ‘बबली राजा’ थियो जुन सन् १९९० मा रिलिज भएको थियो । उक्त फिल्म निकै सफल भयो । यो फिल्मपश्चात् दिव्या साउथकी सुपरस्टार बनिन् । साउथमा सफल भएकी दिव्यालाई देखेर फिल्म निर्माता राजिवले उनलाई आफ्नो फिल्म ‘विश्वात्मा’ मा साइन गराउने निर्णय गरे ।
उक्त फिल्ममा दिव्यालाई सन्नी देओलको अपोजिटमा साइन गरियो । दिव्याको हिन्दी सिनेमामा पहिलो फिल्म भएकाले उनलाई ५ सय भारु पारिश्रमिक दिइयो । यो फिल्मपश्चात् नै बलिउडमा दिव्या चम्किइन् र उनलाई फिल्मको ओइरो लाग्न थाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण