चितवन पुगेर एमाले महासचिवले भने, पुनः मतदान हुँदैन, मतगणना सुरु गर
मङ्गलबार, १६ जेठ २०७४, १६ : १०
चितवन, १६ जेठ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताएका छन् ।
सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना सुरु गर्नुपर्ने बताएका हुन् ।
सो विषयमा निर्वाचन आयोगले विवेकशील निर्णय गर्ने विश्वास व्यक्त गर्दै पोखरेलले निर्वाचन प्रक्रियामा असर नपर्ने गरी मतगणना गर्नुपर्ने बताए ।
उनले मतपत्र च्यात्नेलाई कानुनी प्रक्रियामा ल्याउँदै मतगणना सुरु गर्नुपर्नेमा जोड दिए। यहाँ भएको घटना निन्दनीय रहेको बताउँदै उनले यस्ता घटनामा संलग्न हुने, निर्देशन दिने सबैलाई कारबाही गर्नुपर्ने माग गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण