शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

केपी ओलीले प्रचण्डलाई सोधे– तक्मा पाउन कति वटा बिहे गर्नुपर्छ ?

मङ्गलबार, १६ जेठ २०७४, १६ : १३
मङ्गलबार, १६ जेठ २०७४

काठमाडौं, जेठ १६– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले गणतन्त्र दिवसको अवसरमा दिएको वितरण गरेको पदकमा मनपरि भएको दाबी गरेका छन् । उनले सम्मान शर्म गर्न लायक रहेको भन्दै राज्य ढुकुटीको दुरुपयोग गरेर आफ्ना मान्छेलाई पदक दिइएको बताए । राजधानीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले –म प्रधानमन्त्रीज्यूलाई सोध्छु ,कतिओटा बिहे गरेपछि तक्मा पाइने ? राज्य ढुकुटीमा बेइमानी गर्ने ? यो एमालेलाई मान्य छैन।’ सरकारले प्रम पुत्र प्रकाश दाहाललाई समेत पदक दिने निर्णय गरेपछि ओलीबाट यस्तो टिप्पणी अाएको हो । यद्यपी प्रमपुत्र प्रकाश दाहालले पदक नलिने यसअघि नै घोषणा गरिसकेका छन् । कार्यक्रममा ओलीले थपे– ‘अवसरहरु कसैका व्यक्तिगत होइन । के तपाईँका छोरा महान समाजसेवी हुन् ? अरु नेपाली कोहि भेटिएनन् ? देशका लागि काम गर्ने कोहि भेटिएनन् ? प्रश्न गर्न पनि लाज लाग्छ ।’ उनले मनपरि नगर्न चेतावनी दिँदै देशमा एमाले पनि छ भन्ने हेक्का राख्न सुझाव दिए ।

अर्को प्रसंगमा ओलीले एमालेलाई अहिले सरकार नचाहिएको भन्दै अब एकैपटक चुनावमा बहुमत ल्याएर सिंहदरबार पस्ने बताए । ‘हामीलाई कसले सरकार बनाउन छ भन्ने मतलब छैन । हामी चनुावबाट बहुमतका साथ राजमार्गबाट सिंहदरबा पस्छौं’, ओलीले भने, ‘ कपाली तमसुक गरेर ६–६ वा ९–९ माहिनाका लागि सरकारमा जान्नौं । एमाले हतार गरेर सरकारमा जाने पक्षमा छैन । बाटोबाट जान्छौं जस्केलाबाट होइन । ढोकाबाट जान्छौं झ्यालबाट होइन । ’ उनले प्रधानन्यायाधीश माथि लगाइएको महाभियोग गलत थियो भन्ने कांग्रेस माओवादीले नै पुष्टि गरेको दाबी गरे । उनले भने, –‘बल्लबल्ल एउटा महिला प्रधानन्यायाधीश भइथिन् ड्याम्मै महाभियोग दर्ता गराए । हिजो तपाईहरुले सुनिहाल्ुन भयो फेरि फिर्ता गराए । यो त अब टाढा पुगेर फेरि पछि फर्केको जस्तो भयो । महाभियोग बोकाएर घर फर्काउन खोजेथे । आफैं पछि फर्के ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप