भरतपुरकाण्डः आयोगको छानविन टोली काठमाडौं फर्कियो, कहिले बुझाउँछ प्रतिवेदन ?
चितवन, जेठ १६ – निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न गठन गरेको छानविन समिति सरोकारवालासँगको छलफलपछि आजै काठमाडौ फर्किने भएको छ । छानविन समितिका संयोजक गिताप्रसाद तिमल्सिना नेतृत्वको समिति सोमबार भरतपुर आएर त्यसैदिनबाट काम थालेको थियो । समितिका सदस्यहरुले मंगलबार जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेका थिए । छलफलका क्रममा दलहरुले मतगणनामा भएको विवादबारे जानकारी गराएका थिए । सोमबार र मंगलबार जिल्लाका राजनीतिक दलसंगै सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारीलगायतकासंग छलफल गरिएको छानविन समितिका संयोजक गिताप्रसाद तिमल्सिनाले जानकारी दिए । उनले छानविनका लागि जिल्लामा आवश्यक सबै संयन्त्रसंग भेट गरि काम टुङग्याएको पनि बताए । छानविन समिति मंगलबारै काठमाडौं फर्किएको छ । बुधबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाईने संयोजक तिमल्सिनाले जानकारी दिए । छानविन समितिको प्रतिवेदनपछि भरतपुर महानगरपालिका वडानम्बर १९ मा पुन मतदान वा मतगणनाभन्ने विषयमा निर्वाचन आयोगले निर्णय गर्नेछ । आयोगले यसअघि जेठ १७ सम्मका लागि मतगणना रोक्न निर्देशन दिएको थियो । महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आईतबार दलका प्रतिनिधिबीच विवाद हुदा केही मतपत्र च्यातिएका थिए । घटनापछि माओवादी केन्द्र र काँग्रेसले वडानम्बर १९ को पुनः मतदान गर्नुपर्ने माग गरेका छन् भने एमालेले रोकिएकै स्थानबाट मतपत्र गणना गर्नुपर्ने जनाएको छ । भरतपुरमा वडा नं २० को मात्र मतगणना बाँकी छ । नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले छानविन समितिको टोलीले घटनाबारे प्रत्यक्ष्यदर्शीसँग घटनाबारे सोधेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण