असार ९ गतेको चुनाव फेरि पनि सर्ने !
काठमाडौ, जेठ १६– असार ९ गतेका लागि सारिएको दोस्रो चरणको निार्वचन मिति फेरी सर्ने देखिएको छ । प्रधानमन्त्री प्रचण्डले मुस्लिम समुदायको मुख्य पर्व रमजानलाई मध्यनजर गर्दै असार ९ को मितिमा पुनरावलोकन गर्ने संकेत दिएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुस्लिम प्रतिनिधिहरुले असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचन मितिमा पूनर्विचार गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै मागप्रति सकारात्मक रहेको प्रतिकृया दिएका छन् । मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘आज तपाईंहरुलाई मैले नै यहाँ बोलाएको हुँ ।
हिजो मात्रै हामीले क्याबिनेटबाट चुनावको मिति सार्ने निर्णय गरेका थियौं । तर, असार ९ गते रमझान चाड पर्छ भन्ने कसैलाई पनि हेक्का रहेनछ । सरकार तपाईहरुको मागप्रति सकारात्मक छ, निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर तपाईहरुको माग सम्बोधन गर्छाैं ।’
भेटमा प्रधानमन्त्री प्रचण्डले ‘असारमा चुनावको मिति तोकिएको छ, मनसुनका कारण चुनाव प्रभावित होला कि भन्ने चिन्ता पनि छ । हामीले जुनकुनै हालतमा चुनाव गर्नुपर्छ । निर्वाचनले मात्रै राजनीतिक संक्रमणको अन्त्य गरी देशलाई राजनीतिक स्थिरता र विकासतिर लैजानेछ । तसर्थ, निर्वाचन गर्नैपर्छ । तर, रमजान पर्व प्रभावित नहुने व्यवस्था गर्न हामीले आवश्यक निर्णय गर्नेछौं ।’ निर्वाचन नभए संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता उपलब्धिहरुलाई संस्थागत गर्न कठिन हुने बताउँदै प्रधानमन्त्रीले निर्वाचनको बिकल्प निर्वाचन मात्रै भएकोमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण