शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चावहिलमा भेटियो नवजात शिशुको टाउको

मङ्गलबार, १६ जेठ २०७४, १६ : ३७
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौं, जेठ १६– काठमाडौं महानगरपालिका–७ चावहिल स्थित गंगाहिटीको खाली चौरमा लिङ्ग नछुट्टीएको नवजात शिशुको टाउको मात्र फेला परेको छ । मंगलबार विहान ६ बजे खाली चौरमा फालिएको अवस्थामा शरिर भएको बच्चाको टाउको देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । गौशलाबाट खटिएको प्रहरी टोलीले उक्त टाउको घट्नास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागी शिक्षण अस्पताल महाराजगञ्ज पठाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । प्रहरीका अनुसार नवजात शिशुको टाउको कसले फालेको भन्नेबारे अनुसन्धान भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप