चुरोट पिउने लत छ ? हेर्नुस् बजेटपछि कति महंगियो चुरोट
काठमाडौं, जेठ १६–के तपाईको चुरोट, खैनी, गुट्का तथा पान खाने आदत छ ? अब तपाईले पिउने गरेको चुरोट तथा खाने गरेको खैनी, गुट्का र पान पनि महंगिने भएको छ ।
सरकारले सोमबार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७४/०७५ को वार्षिक बजेटमा यी वस्तुको अन्तशुल्कमा बृद्धि गरेपछि चुरोट, खैनी पनि महंगिने भएको हो ।
सरकारले चुरोट, खैनी, गुड्का तथा पान मसलामा ८ देखि १० प्रतिशतसम्म अन्तशुल्क बढाएको हो । अन्तशुल्क बढेपछि व्यापारीले त्यसको भार उपभोक्तालाई थप्ने हुँदा स्वभाविक रुपमै अब यी सुर्तिजन्य वस्तुको बजार भाउ महंगो पर्ने छ ।
सरकारले सुर्तीजन्य वस्तुमा अन्तशुल्क बढाएपछि अब करिव १० प्रतिशत भाउ बढ्ने छ । सरकारले बजेटमा फिल्टर नभएको चुरोटको अन्तशुल्क ८ प्रतिशत बढाएको छ भने ७० एमएमको चुरोटमा ८ प्रतिशत, ७० देखि ७५ एमएमकोमा ९ प्रतिशत, ७५ देखि ८५ एमएममा पनि ९ प्रतिशत र ८५ एमएम भन्दा माथिको चुरोटमा १० प्रतिशतले बृद्धि भएको छ । यो बृद्धिपछि फिल्टर नभएको चुरोटको अन्तशुल्क ३ सय ४६ बाट बढेर ३ सय ७४ रुपैयाँ पुगेको छ ।
यस्तै, ७० एमएमको ८ सय ५१, ७० देखि ७५ एमएमकोमा एक हजार एक सय १६ रुपैयाँ, ७५ देखि ८५ एमएमसम्मको एक हजार ३ सय ३६ वाट एक हजार ४ सय ५६ र ८५ एमएम भन्दामाथिकोमा एक हजार ८ सय ३८ रुपैयाँवाट वढेर २ हजार ५५ रुपैयाँ अन्तशुल्क पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण