शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पोखरीभित्र कार कुदाएर तीन नबालकको हत्या गर्ने आमा जेल चलान

मङ्गलबार, १६ जेठ २०७४, १७ : १३
मङ्गलबार, १६ जेठ २०७४

बीबीसी

जेठ १६ – आफ्ना चार सन्तानको हत्या गर्ने उद्देश्यसहित अष्ट्रेलियाको पोखरीभित्र कार चलाउने  महिला २० वर्षको लागि जेल चलान भएकी छिन् ।

एकोन ग्वाडे, ३७, ले आफ्ना १ वर्षे छोरा बोल र ४ वर्षका जुम्ल्याहा ह्यान्गर र म्याडिटको सन् २०१५ मा मेलबर्नमा हत्या गरेकी हुन् ।

अर्का ६ वर्षका अलुवाल पनि कारमा भएको तर बाँच्न सफल भएको बताइएको छ ।

ग्वाडेले आफ्ना तीन सन्तानको हत्या स्विकारेकी छिन् । यद्यपी, न्यायाधिसले हत्याको कारण भने खुल्न नआएको बताएका छन् ।

‘बच्चाहरुले तिमीमाथि गरेको विश्वासलाई जुन घात गर्यौ त्यो निकै भयावह छ, ’ न्यायाधिस लेक्स ल्याश्रीले ग्वाडेलाई भिक्टोरियाको सर्वोच्च अदालतमा मंगलबार भने ।

‘साना बच्चा भएको अभिभावकले यस्तो सपनामा पनि नसोच्ने भएकाले तिमीले यस्तो किन गर्यौं भन्ने कुरा मानिसहरु जान्न चाहन्छन् ।’

कार वाइन्डह्याम भेलको पोखरीभित्र पस्नेबित्तिकै प्रत्यक्षदर्शी र आपत्कालीन क्रुले उनीहरुलाई बचाउन खोजेको बताइएको छ । उनीहरुले ग्वाडे र अलुवाललाई बचाउन सफल भएका छन् ।

अदालतमा प्रत्यक्षदर्शीको बयान पनि सुनिएको थियो ।

‘उनीहरु (बच्चाहरु) पानीमा तैरिरहेका थिए,’ एकजना प्रत्यक्षदर्शीले भने ।

‘उनीहरु पौडी खेल्न जान्दैनथे ।’

जोसेफ मान्याङ, तीन सन्तानका पिताले ग्वाडेले आफ्ना सन्तानलाई निकै माया गर्ने गरेको बताए । ग्वाडेले नियतवश यस्तो गर्नै नसक्ने धारणा पनि उनले व्यक्त गरे ।

यद्यपी, एक प्रत्यक्षदर्शीले घटनाको दिन आफ्नो सन्तानको हत्या गर्नेबारे कुरा गरेको बताएका छन् ।

न्यायाधिस ल्याश्रीका अनुसार ग्वाडे शरणार्थीको रुपमा अष्ट्रेलिया आएको र उनले दक्षिण सुडानमा आफ्नो श्रीमानको हत्या भएको देखेका कारण उनी निकै आघत भएको स्मरण गरे ।

उनले निकै कष्टकर जीवन व्यतित गर्नुपरेको पनि बताएका छन् ।

सुडानको समूदायबाट जुन समस्या उनले भोगेकी थिइन् त्यसले उनलाई डिप्रेसनमा पारेको न्यायाधिसले बताएका छन् ।

२० वर्षको कैद सजायँ भोगेपछि उनलाई सम्भवतः सुडान नै फिर्ता पठाइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप