बेनीलाई पर्यटकीयस्थल बनाउन प्राथमिकता
मङ्गलबार, १६ जेठ २०७४, १७ : ३२
बेनी, जेठ १६– बेनी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सदरमुकाम बेनी बजारमा रहेका ऐतिहासिक र धार्मिकस्थलको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न प्राथमिकता दिने बताएका छन् ।
नगर प्रमुख हरिकुमार श्रेष्ठले महारानी, शिवालय, बेनी कोत, गलेश्वर, भगवती, लक्ष्मीनारायणलगायतका मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न प्राथमिकता दिने बताए ।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारको छेउमा भगवती मन्दिर, विशाल बरको रुखमुनि रहेको शिवालय मन्दिर, धार्मिक महत्वको महारानी थान, लक्ष्मीनारायण मन्दिर, ऐतिहासिक बेनी कोतको संरक्षणसँगै प्रचारप्रसारको आवश्यकता रहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
नगर उपप्रमुख सञ्जु बरुवाल र बेनपा–७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले समुदाय र सरकारी निकायले सहकार्य गरेर धार्मिक, पर्यटकीय, ऐतिहासिकस्थलको संरक्षण गरी बेनीमा भित्रिने पाहुनाको बसाइँ लम्ब्याउन प्राथमिकता दिने बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण