गरिबी निवारण कोष सञ्चालक समितिमा मनोनयन
मङ्गलबार, १६ जेठ २०७४, १७ : ३८
काठमाडौँ, जेठ १६– गरिबी निवारण कोष सञ्चालक समितिको सदस्यमा नारायण कोइराला, विजयनारायण श्रेष्ठ, साधना घिमिरे भेटुवाल, महादेव बडू र विश्वशान्ति विष्टलाई मनोनयन गरिएको छ ।
प्रधानमन्त्री तथा कोषका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सम्पन्न कोषको बैठकले सो निर्णय गरेको हो ।
बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई सहभागी गराई ‘गरिबी निवारण, व्यावसायिक विकास तथा समृद्धि’ विषयमा प्रदेशस्तरीय गोष्ठी सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी कोषको आगामी रणनीति तयार गर्न प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय र अर्थ मन्त्रालयका उपसचिव सदस्य तथा गरिबी निवारण कोषका प्रतिनिधि सदस्य सचिव रहेको एक कार्यदल समेत गठन गरेको छ । कार्यदललाई रणनीतिक प्रतिवेदन तयारीका लागि एक महिनाको समय तोकिएको छ ।
बैठकले मुलुकका हिमाली तथा नेपाल–तिब्बत् सीमा क्षेत्रका जिल्लामा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्न चीन सरकार तथा एसियन पूर्वाधार लगानी बैंकलाई परराष्ट्र मन्त्रालयमार्फत् अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
कोषले गाउँपालिका र नगरपालिकामा गरिबी निवारण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, कोषलाई बहुउद्देश्यीय र विविधिकरण गर्ने भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा कोषका अध्यक्ष दाहालले कोषको कामलाई औपचारिक दायराबाट माथि उठाएर प्रभावकारी बनाउन र लक्षित वर्गको जीवनस्तरमा परिवर्तनको अनुभूति हुने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । बैठकले सरकारले आव २०७४/७५ मा कोषका लागि विनियोजन गरेको रु एक अर्ब ६८ करोड ७६ लाख ६५ हजार बजेटलाई अनुमोदन गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण