शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एमाले नेताले भने– सङ्घीयताको सुनिश्चितता हुने गरी बजेट आयो

मङ्गलबार, १६ जेठ २०७४, १७ : ४५
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौँ, जेठ १६– पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार प्रस्तुत गरिएको बजेट सङ्घीयताको सुनिश्चितता हुनेगरी आएको बताएका छन् । रिपोर्टस क्लबमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्री अधिकारीले सरकारले निर्वाचन आचारसंहिताभित्र बसेर सङ्घीयतासम्बन्धी पहिलो बजेट ल्याएकाले अर्थमन्त्री महरालाई धन्यवाद दिनुपर्ने भन्दै सो बजेटले स्थानीय निकायलाई मजवुत बनाउने बताए । आफनो गाउँघरमा विकास गर्छु भनेर भोट मागेर विजयी भएका स्थानीय तहका पदाधिकारीले विकासको काम गर्दैन भन्ने आफूलाई नलागेको बताउँदै उनेले नेपालमा व्यापार घाटा डरलाग्दो ढङ्गले बढेको र यसलाई सम्बोधन गर्न अव बन्ने सरकारले ध्यान दिनुपर्ने बताए । कृषि क्षेत्रमा लगानी गरी उत्पादन बढाउनुपर्ने, ठूलठूला उद्योगको स्थापना, राष्ट्रिय गौरवको आयोेजना अगाडि बढाउने राम्रो पक्ष भएको चर्चा गरे । यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले आर्थिक विकासको एजेन्डालाई केन्द्रमा राखेर बजेट ल्याएको बताउँदै नेपालमा पनि सङ्घीय बजेट सुरुवातको दर्ज भएको बताए । उनले ऊर्जा क्षेत्रको विकासमा रु ७८ अर्ब छुट्याएको छ, जुन अति राम्रो र महत्वपूर्ण रहेको बताए । पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले संविधानले किटान गरेको समय सीमाभित्र सरकारले बजेट ल्याउनसक्नु राम्रो पक्ष भएको बताए । स्थानीय निकायले कार्यक्रम स्वीकृत गर्न नपर्ने, केन्द्रको योजना तल्लो तहमा हस्तान्तरण राम्रो पक्ष भएको उनको भनाई थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप