शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बजेटप्रति अर्थमन्त्रीको प्रस्ट्याई : पहिलो संघीय बजेटले आर्थिक समृद्धि ल्याउँछ

मङ्गलबार, १६ जेठ २०७४, १७ : ४५
मङ्गलबार, १६ जेठ २०७४

काठमाडौं, जेठ १६–उपप्रधान तथा अर्थ मन्त्री कृष्णवहादुर महराले आर्थिक बर्ष २०७४÷०७५ का लागि ल्याइएको पहिलो संघीय बजेटले मुलुकमा आर्थिक समृद्धि ल्याउने बताएका छन् । पहिलो पटक स्थानिय तह अधिकार सम्पन्न भएको र स्थानिय तहमै धेरै बजेट गएकाले विकास खर्च बढ्ने र आर्थिक वृद्धिदर उकालो लाग्ने बताए । आफुले अघिल्लो दिन ल्याएको बजेटको व्रिफिङ गर्दै मंगलबार अर्थमनत्रालयमा अर्थमन्त्री महराले पहिलो पटक जनताका वजेट आएको दावी समेत गरे । ‘मुलुकमा पहिलो पटक संघीय वजेट आएको छ, यो साच्चै जनताको वजेट हो’, महराले भने, ‘अव स्थानिय तहमा आर्थिक गतिविधी वढ्ने भएकाले आर्थिक वृद्धिदर समेत उकालो लाग्छ ।’ यो वजेटमा पहलिेजस्तो अराजकता नहुँने भन्दै केन्द्रमा ठूलो वजेट राखेर हालीमुली गर्न पलिकएकाले मात्र वजेटको विरोध गरेको प्रष्ट्याए । ‘यो बजेटले विकास विकेन्द्रीत गरेको छ, सवै स्थानिय निकायमा गएको बजेट खर्च हुन्छ’, महराले भने, ‘अब बजेट स्वीकृतीका लागि केन्द्र धाउनुपर्ने अवस्था रहदैन, स्थानिय तहमै धेरै काम सम्पन्न हुनेछन् ।’ मन्त्री महराले उर्जा, सेवा क्षेत्र, सडक तथा पूर्वाधार विकासका कामले तिव्रता पाउने भएकाले पनि बजेटको महत्व रहेको बताए । उनले कुनै पनि मन्त्रालयको बजेट नघटाएको तर स्थानिय तहमा तीनै मन्त्रालय अन्र्तगको बजेट गएको प्रष्ट पारेका छन् । गणतन्त्रको पहिलो सरकारको नेतृत्व र अहिले संघीयता कार्यान्वयनको नेतृत्व पनि माओवादीले गरेको भन्दै यसले मुलुकमा आर्थिक विकासको ढोका खुलेको टिप्पणी समेत गरे । बजेटको अख्तियारी आजैवाट गउको भन्दै उनले बजेट सानो वा ठूलो आकारको नभएर आवशयकता अनुसारको भएको जनाए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनवहादुर श्रेष्ठले बजेटले कुनै खालको अराजकता नल्याउने र २÷४ बर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न सपोर्ट गर्ने बताए । उनले कूल एक हजार २ सय १९ वटा कार्यक्रम प्राथमिकतामा राखिउको भन्दै यसले आर्थिक गतिविधी वढाउन र रोजगारी सृजना गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । यो बजेट चाल आवको भन्दा २२ प्रतिशत ठूलो रहेको र ६६ प्रतिशत बिकास खर्चमा रकम रहेको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप