भरतपुरमा मतगणना गर्न एमाले महासचिवको माग
मङ्गलबार, १६ जेठ २०७४, १७ : ४७
जेठ १६, काठमाडौं– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले भरतपुर महानगरपालिकामा तत्काल मतगणना गर्न माग गरेका छन् । महासचिव पोखरेलले मतपत्र च्याच्ने काम सत्ता संरक्षित गुण्डाले गरेको आरोप लगाउँदै कानुनी कार्वाही गर्न पनि सरकारसँग माग गरे । चितवनको भरतपुरमा स्थानीय संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले हार्ने निश्चित भएपछि मत पत्र च्यात्दै जाने हो भने त्यसले दोस्रो चरणको निर्वाचनलाई गम्भिर नोक्सान गर्ने चेतावनी दिए ।
एमाले महासचिव पोखरेलले लोकतन्त्रको रक्षा र जनमतको सम्मान गर्दै तत्काल मतगणना गर्नुको विकल्प नरहेको दावी गरे । चितवनमा एमालेले तत्काल मतगणना सुरु गर्न दवाव दिँदै आन्दोलन जारी राखेका छन । मेयरमा आफना पार्टीका उम्मेदवार देवी ज्ञवालीको जित सुनिश्चित भएपछि माओवादी केन्द्रले योजनावद्ध ढंगले मत पत्र च्यात्ने काम गरेको एमालेको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण