शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचित जनप्रतिनिधिलाई अस्पतालको स्वागत

मङ्गलबार, १६ जेठ २०७४, २० : २१
मङ्गलबार, १६ जेठ २०७४
नवलपरासी, जेठ १६–  सामुदायिक प्राकृतिक चिकित्सालय रजहरले देवचुली नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको छ । अस्पतालमा एक कार्यक्रम गरी निर्वाचित नगर प्रमुख, उपप्रमुख र वडाअध्क्षय एवम् सदस्यहरुलाई स्वागत गरिएको थियो । कार्यक्रमका प्राकृतिक चिकित्सालय रजहरका अध्क्षय सन्त बाहादुर क्षेत्री, अग्निघर चालिसे, गौरीदेवि प्रधान, हेमराज कोइराला, प्राकृतिक चिकित्सालयका डा. विनाद पौडेल, चिकित्सालयका व्यवस्थापक हरि सापकोटा लगायले अविर, फुलमाला र खादा लगाइदिएर सम्मा गरेका थिए । नवनिर्वाचित देवचुली नगर प्रमुख पुर्णकुमार श्रेष्ठले प्राकृतिक चिकित्सालय रजहर देवचुली नगरपालिका भित्र प्रवेश भइसकेको र प्राकृतिक चिकित्सालयलाई विश्वविद्यालयमा परिणत गर्नका लागि नगरपालिकाबाट भूमिका खेल्ने प्रतिवद्धता जनए । नगर उपप्रमुख पार्वता तिवारीले सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको संरक्षण र विकासको लागि नगरपालिकामा रहेर सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप