भाडाको घरमा स्थानीय सरकार
बुधबार, १७ जेठ २०७४, ०९ : ३८
जाजरकोट, १७ जेठ - यहाँका सबै स्थानीय सरकारका प्रमुख भाडामा लिइएको कार्यालयमा बस्न बाध्य भएका छन् । आफ्नो कार्यालय नहुँदा भाडाको घरमा कार्यालय सञ्चालनमा ल्याइएको त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए ।
जिल्लाका सातवटा स्थानीय तहमा भवन नहुँदा जनप्रतिनिधि भाडाको घरमा बस्न थालेका छन् । कतै भने जनप्रतिनिधि बस्न र कार्यालय सञ्चालन गर्ने उचित भवन नपाउँदा समस्या भएको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष समेतलाई कार्यालय सञ्चालनमा समस्या भएपछि अन्य वडाध्यक्ष थप समस्यामा परेका छन् । जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिकामा समेत भवन नहुँदा भाडाको घरमा प्रमुख र उपप्रमुखको कार्यालय स्थापना गरिएको छ ।
त्रिवेणी नलगाड नपामा केन्द्र कहाँ हुने भन्ने विवाद कायम छ । लहँ, डाडाँगाउँले दल्लीमा केन्द्र बनाउनुपर्ने दाबी गर्दैै आएका छन् भने खगेनकोट, रग्दा र भगवतीले मन्मैमा केन्द्र बनाउनुपर्ने माग गर्दै आएका छन् ।
नेपाल राजपत्रमा मन्मैलाई केन्द्र तोकी पठाएको भएपनि जिल्लाका राजनीतिक दलले दल्लीलाई केन्द्र बनाउने निर्णय गरेपछि विवाद भएको हो । उच्च अदालत सुर्खेतले मन्मै केन्द्र नमान्नुको कारण देखाऊ आदेश जारी गरिसकेको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण