माओवादी संसदीय दलको वैठकमा प्रचण्डले के भने ?
बुधबार, १७ जेठ २०७४, ११ : ५८
जेठ १७, काठमाडौं प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको सहमतिमै स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गते सार्ने निर्णय लिएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनता पार्टी, नेपाल पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने पनि स्पष्ट गरेका छन् ।
बुधबार विहान सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्रीले राष्ट्रिय जनता पार्टीको माग र मुस्लिम समुदायको पर्व रमजान परेकाले पनि निर्वाचनको मिति असार १४ गते सार्नु परेको स्पष्टिकरण दिए ।
प्रधानमन्त्री प्रचण्डले अव स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सारिरहन पर्ने अवस्था नरहेको पनि बताए ।
एमालेसहितको सहमतिमा स्थानीय तहको निर्वाचनको मिति असार १४ गते सार्ने निर्णय लिइएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले बताएको भएको सांसद रामनारायण बिडारीले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले सबै दललाई सहमतिमा ल्याएर स्थानीय तहको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको उल्लेख गर्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद पनि व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण