भरतपुर काण्ड संसदमा पुग्यो, एमालेद्वारा संसद अवरुद्ध
काठमाडौं, बैशाख १७–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुरु गर्नुपर्ने माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध पारेको छ । सभामुख ओनसरी घर्तीले बुधबारको व्यवस्थापिका संसद बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए । बैठकमा समय लिएर बोलेका एमाले सांसद सुरेन्द्र प्रसाद पाण्डेले मतपत्र च्यात्ने नेकपा माओवादी केन्द्रको क्रियाकलापलाई पराजित मानसिकताले उद्त र जनतामाथिको कुर्किति भनी टिप्पणी गरे ।
सांसद पाण्डेले मतगणना सुरु नगरेसम्म बैठक संचालन हुन नसक्ने अभिव्यक्ति दिएपछि सबै एमाले सांसदहरु यथास्थानमा उभिएका थिए । त्यसपछि सभामुख घर्तीले बैठक विहिबार अपरान्ह १ बजे सम्मका लागि स्थगित गरिन् ।
बैशाख १५ गते राती भरतपुर महानगरपालिकाको मतगणना स्थलमा वडा नम्बर १९ को मतगणना हुदै गर्दा एमाले र माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण