सन्ध्या भगाउन अनुपको कसरत, यस्तो छ ‘कमलेको बिहे’को ट्रेलर
काठमाडौं, जेठ १७ - कमेडी जनरामा निर्माण भएको चलचित्र कमलेको बिहेको ट्रेलर रिलिज भएको छ । युट्युव मार्फत रिलिज भएको ट्रेलरमा अभिनेता अनुपबिक्रम शाही अहिलेसम्मकै फरक गेटअफमा देखिएका छन् ।
चलचित्रमा अभिनेता अनुपबिक्रम शाही शास्त्री (पण्डित)को भुमिकामा देखिएका छन्, भने अभिनेत्री सन्ध्या केसी चमेलीको भुमिकामा देखिएकी छन् । चलचित्रमा शास्त्रीले चमेली भगाउने बिषयबस्तुमा आधारित रहेको छ ।
प्रशन्न पौडेल निर्देशित चलचित्रको रिलिज मिति तय भएको छैन । श्रावण महिनामा भित्र चलचित्र रिलिज गरिने निर्माण युनिटले जनाएको छ । नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्व चलचित्रले फरक तवरले देखाउन खोजेको छ ।
विदुर पाण्डेले खिचेको चलचिमा महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रमा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी र किरण लाकौलको अभिनय देख्न सकिन्छ ।
सरिता मुभिज क्रियशनको व्यानरमा बनेको चलचित्रमा कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ रहँदा लगानीमा साझेदारी प्रतिक तामाङ, सुनिल विष्टले गरेका छन् । राजनराज शिवाकोटी, शिखर सन्तोष र वावुल गिरीको संगीत रहेको छ ।
https://youtu.be/DP_1fsxLc8cखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन मन्त्री यादवको निर्देशन
-
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण