काबुलमा अहिलेसम्मकै ठूलो विस्फोट : ८० जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते
एजेन्सी
काबुल, जेठ १७ – अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति भवन र विदेशी दूतावासहरु रहेको क्षेत्रमा ठूलो विस्फोट भएको छ ।
अहिलेसम्मकै ठूलो विस्फोट भनिएको उक्त घटनामा आत्मघाती ट्रक बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनामा कम्तिमा ८० जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते रहेका छन् ।
बुधबार जानबाक स्क्वेरमा बिहान ८ बजेर ३० मिनेट जाँदा विस्फोट भएको थियो । यो क्षेत्रमा धेरै सरकारी कार्यालय तथा विदेशी दूतावासहरु रहेका छन् । यो क्षेत्रलाई काबुलको सबैभन्दा सुरक्षित क्षेत्र मानिन्छ । यहाँ विस्फोट रोक्न १० फिट अग्लो पर्खाल रहेका छन् ।
विस्फोटको कारण टाढा टाढा रहेका घरका सिसाहरु पनि फुटेका थिए ।
मारिनेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।
घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएका छैनन् ।
यसअघि काबुलमा भएका घटनाहरुको इस्लामिक स्टेट र तालिवानले जिम्मेवारी लिने गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन मन्त्री यादवको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण