काबुल विस्फोटका प्रत्यक्षदर्शीको बयान
काबुल, जेठ १७ – अफगानिस्तानको राजधानी काबुलमा विदेशी दूतावासहरु रहेको क्षेत्रमा ठूलो विस्फोट भएको छ ।
अहिलेसम्मकै ठूलो विस्फोट भनिएको उक्त घटनामा आत्मघाती कार बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मारिनेको संख्या ८० पुगेको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् ।
घटनाको बेला त्यहीँ रहेका संयुक्त राष्ट्रसंघको कार्यालयमा काम गर्ने भारतीय नागरिक राजेश भाटले यसरी आफ्नो अनुभव सुनाए :
सडक नम्बर १७ मा वजीर मोहम्मद अकबर खान क्षेत्रमा एक मन्त्रालय रहेको छ । यो जर्मन दूतावासको नजिक रहेको छ ।
म त्यहाँ करिब ८ बजेर २८ मिनेटमा पुगेको थिएँ । आठ बजेर ३२ मिनेटमा विस्फोट भयो । मलाई अहिले यहाँबाट सुरक्षाबल अफिस फिर्ता लगिरहेका छन् ।
जब धमाका भयो यस्तो लाग्यो कि कसैले मेरो मुटु थिचिदियो र फेरि एकै चोटी छाडिदियो ।
मुटु नै काम्ने आवाज थियो । पहिले भवनहरु हल्लियो र त्यसपछि ठूलो आवाज आयो । ठूलो धुँवाको मुस्लो देखियो । भवनहरुमा आगो लागिरहेको थियो । नेशनल डिफेन्स सर्भिस रहेको भवनमा नजिकैनै विस्फोट भएको थियो ।
विस्फोट हुँदा म भवनभित्र थिएँ । धमाका लगत्तै हामीलाई वेसमेन्टमा लगियो । हामी सबै भागेर त्यहाँ पुग्यौँ । रमजानको महिना भएकाले मानिसहरु भोकै थिए । डरिरहेका थिए । मेरो वरिपरी रहेका सबैजना कुरानको श्लोकहरु गुन्गुनाउँदै थिए ।
मैले तीन जना मृतकलाई पनि देखेँ । उनीहरु हमलावर थिए वा सर्वसाधारण छुट्याउन सकिँन ।
बाहिर एक जना व्यक्तिको एउटा हात नै थिएन । उनी पनि मरिसकेको जस्ते लाग्यो । धेरै जना अंगभंग भएका थिए ।
यहाँ हालत निकै खराब छ । सुरक्षाकर्मीले क्षेत्रलाई पूरै नियन्त्रणमा लिएका छन् । यहाँबाट भारतीय दूतावास पनि धेरै टाढा छैन ।
जब कुनै आत्मघाती हमलावरले यस्तो योजना बनाउँछन् । तपाईं केही पनि गर्नुसक्नु हुन्न । सबैतिर फलामको पर्खाल त बनाउन सकिन्न ।
आत्घाती हमलावरलाई आफ्नो ज्यानको पर्वाह हुँदैन । उनीहरुलाई मात्र कसरी धेरै जनालाई मार्न सकिन्छ भन्ने ध्यान हुन्छ । यो दुस्साहसमा उनीहरु त मारिन्छन् नै उनीहरुले आफ्नो लक्ष्य भने पूरा गर्छन् ।
यहाँ सुरक्षा कडा भए पनि आत्मघाती हमलाहरु पनि भइरहन्छ । केही समयपछि सुरक्षाकर्मीहरु आएर मलाई कार्यालय लैजान आए ।
हाम्रो गाडीमा संयुक्त राष्ट्रंघको लोगो छ तैपनि बाटोमा यसलाई ठाउँ–ठाउँमा रोकेर सोधपुछ गरिएको छ ।
म तीन सुरक्षाकर्मीसँग बख्तरबन्द गाडीमा छु । मेरो लागि कुनै जोखिम छैन । तर, यहाँका मानिसहरु स्तब्ध छन् ।
तर, यहाँ कसैको लाश देख्नु सामान्य बनेको छ । मानिसहरु अरुको लाश देखेर आफ्नो जीवनको सुरुवात गर्ने गरेका छन् । बिबिसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन मन्त्री यादवको निर्देशन
-
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना
-
अप्ठ्यारो संसदीय अंकगणित, उपधारा-५ बाट तेस्रो मुख्यमन्त्री को ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण