पुस्तक बेचेर महावीर पुनलाई २ लाख ५० हजार को सहयोग
विजय थापा
वाशिंगटन, जेठ २३ – अमेरिकाको म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमा बस्दै आएका लेखक शिव प्रकाशले नेपाल आविष्कार केन्द्रका महावीर पुनलाई आफुले लेखेको पुस्तक बेचेर आएको रकमबाट आर्थिक सहयोग गरेका छन् ।
उनले पुनलाई २ लाख ५७ हजार को आर्थिक सहयोग गरेका छन् । उनको घागी नामक पुस्तक तथा प्रकाशक साँग्रिला बुक्स रहेको उक्त पुस्तकबाट आएको कमाईबाट थपथाप गरेर पुनलाई उक्त रकम पठाएको बताएका छन् ।
अमेरिकामा करिब १२ सय ५० डलर पुस्तकबाट आएकोमा स्वयम् लेखक तथा उनकी जीवन संगिनी जोत्सना पौड्यालको तर्फबाट त्यति नै रकम थप गरी २५ सय डलर बनाएर नेपालको राष्ट्र बैंकको दरभाउ अनुसार २ लाख ५७ हजार रुपैंया आविष्कार केन्द्रको खातामा जम्मा गरि दिएका छन् । उनले पाटन स्थित हिमालय बैंक लिमिटेड बाट जेष्ठ २२ गते उक्त रकम पठाएका हुन् ।
लेखक शिव प्रकाशले किताव विक्रीबाट आएको पैसा परोपकारी काममा लगाउने भनि पूर्व घोषणा गरेका थिए । यसको साथै लेखनबाट भविष्यमा आउने सबै आर्जन यस्तै परोपकारी कार्यमा लगाउने प्रतिबद्धता समेत गरेका छन् ।
उनले सामाजिक अभियन्ता महाविर पुनलाई सहयोग गर्न पाउनु आफ्नो अहोभाग्य हो भन्दै परदेशमा परिश्रम गरेर मातृभूमिलाई सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण