शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तान : काबुलमा सैन्य विमानस्थलबाहिर आत्मघाती बम विस्फोट, धेरैको मृत्यु

आइतबार, १७ पुस २०७९, १३ : १६
आइतबार, १७ पुस २०७९

काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य विमानस्थलबाहिर आइतबार बिहान आत्मघाती विस्फोट भएको छ ।

यसको पुष्टि गर्दै तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ताले यस हमलामा धेरै मानिस मारिएको बताएका छन् ।

यस्तै, समाचार एजेन्सी एएफपीले तालिबान अधिकारीहरूलाई उद्धृत गर्दै आक्रमण एयरपोर्टको गेटमा भएको र धेरै मानिसहरू मारिएको र घाइते भएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टाकोरले भने, ‘हाम्रा धेरै सहकर्मीहरू मारिएका र घाइते भएका छन् ।’

अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ता ग्रहण गरेको तालिबानले सुरक्षा स्थितिमा सुधार भएको दाबी गरेको छ । तर पछिल्ला महिनाहरूमा अफगानिस्तानमा धेरै ठूला आक्रमणहरू भएका छन् ।

स्वघोषित चरमपन्थी संगठन इस्लामिक स्टेटको अफगानिस्तान शाखाले यस्ता धेरै आक्रमणको जिम्मेवारी लिएको छ ।

गत महिना बन्दुकधारीहरूले एउटा होटलमा आक्रमण गर्दा कम्तीमा पाँच चिनियाँ नागरिक घाइते भएका थिए । यस हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप