अफगानिस्तान : काबुलमा सैन्य विमानस्थलबाहिर आत्मघाती बम विस्फोट, धेरैको मृत्यु
काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य विमानस्थलबाहिर आइतबार बिहान आत्मघाती विस्फोट भएको छ ।
यसको पुष्टि गर्दै तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ताले यस हमलामा धेरै मानिस मारिएको बताएका छन् ।
यस्तै, समाचार एजेन्सी एएफपीले तालिबान अधिकारीहरूलाई उद्धृत गर्दै आक्रमण एयरपोर्टको गेटमा भएको र धेरै मानिसहरू मारिएको र घाइते भएको जानकारी दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टाकोरले भने, ‘हाम्रा धेरै सहकर्मीहरू मारिएका र घाइते भएका छन् ।’
अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ता ग्रहण गरेको तालिबानले सुरक्षा स्थितिमा सुधार भएको दाबी गरेको छ । तर पछिल्ला महिनाहरूमा अफगानिस्तानमा धेरै ठूला आक्रमणहरू भएका छन् ।
स्वघोषित चरमपन्थी संगठन इस्लामिक स्टेटको अफगानिस्तान शाखाले यस्ता धेरै आक्रमणको जिम्मेवारी लिएको छ ।
गत महिना बन्दुकधारीहरूले एउटा होटलमा आक्रमण गर्दा कम्तीमा पाँच चिनियाँ नागरिक घाइते भएका थिए । यस हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण