बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टि–२० लिग क्रिकेट : काठमाडौँले जनकपुरलाई हरायो

आइतबार, १७ पुस २०७९, १४ : ५८
आइतबार, १७ पुस २०७९

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको टि–२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौँ नाइट्स जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं जनकपुरलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।

 काठमाडौँले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछाएको जनकपुर १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो । जनकपुरका लागि अरफुदिन असरफले सर्वाधिक ३३ रनको योगदान दिए भने सोमापाल कामीले २१ रन बनाए । 

त्यस्तै खड्क बोहोराले १० रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । काठमाडाँैका अभिनास बोहोरा एक्लैले चार विकेट लिए भने अजमतुल्लाह उमरजाईले दुई विकेट लिए । त्यसैगरी कमलसिंह ऐरी, अनिल खरेल र बसिर अहमदले समान एक÷एक विकेट झारे । 

त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको काठमाडाँैले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८० रनको योगफाल बनाएको थियो । काठमाडौँका लागि सुनाम गौतमले सर्वाधिक ६२ रनको योगदान दिएका थिए । 

त्यस्तै रायन बर्लले ६१ रन जोडे भने एलेक्स ब्लेकले २०, अजमतुल्लाह उमजाईले १० तथा लोकेश बमले सात रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले दुई विकेट लिए भने शरफुदिन असरफ र कप्तान ट्राभोल ग्रिफिथले समान एक÷एक विकेट लिए । यससँगै पाँच खेलको काठमाडौँ तीन जितसँगै छ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । 
     
त्यसैगरी छ खेल खेलेको जनकपुर चार खेलमा जित हात पार्दै आठ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । लुम्बिनी अल स्टार छ खेलमा पाँच जित हात पार्दै १० अङ्कका साथ  अङ्कताकिलाको शीर्ष स्थानमा छ । यही पुस २७ गते हुने फाइनल खेलको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख प्राप्त गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप