सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा जुटेन सहमति, गठन भयो निर्वाचन समिति
कैलाली । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेतामा सहमति प्रयासको सम्भावना कम हुँदै गएको छ । दलको नेतामा ७ जना प्रदेशसभा सदस्यले आ–आफ्नो अडान कायमै राखेपछि निर्वाचनको प्रक्रियामा जाने निश्चित भएको हो ।
यहाँ कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवासहित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, मेघराज खड्का, मानबहादुर रावल, शिवराज भटट्ले दलको नेतामा दाबी गरेका छन् ।
उनीहरुले आफ्नो अडान कामय राखेपछि दलको नेता छान्न ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा समिति गरेको हो । सदस्यमा जनकराज चौधरी, नरनारायण शाह मनु, सुरत रावत र रामबहादुर देउवा रहेका छन् । समितिका सदस्य सुरत रावतले आज बुधबार नै निर्वाचन प्रक्रियामा जाने जानकारी दिए । अघिल्लो प्रदेशसभा निर्वाचनमा तेस्रो स्थानमा रहेको काँग्रेस अहिले प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिटसहित पहिलो स्थानमा छ ।
सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ प्रदेश सभा सदस्य छन् सुदूरपश्चिम प्रदेश सभामा स्वतन्त्र एक जना प्रदेश सभा सदस्यसहित अन्य सर्वै दलले सर्वसम्मत रूपमा दलको नेता छनोट गरिसक्दा पनि काँग्रेसले छनोट गर्न नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण